|

सम्भवत: पछिल्लो समय दिल्ली डेयर डेभिल्सको केही कुरामा बढी चासो छ भने सन्दीपको प्रदर्शनमा छ। किनकि उसले आफ्नो सक्रियता ट्विटरमार्फत देखाइरहँदा लाग्छ, अब दिल्लीले सन्दीपलाई वास्तविक हिरो मानिसकेको छ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई क्लबमा अनुवन्धन गरेपछि दिल्ली सन्दीपको हरेक कुराको ट्विट गर्ने गर्छ। तर दिल्लीले जब सन्दीपको अनुवन्धन भयो, त्यसमा एकछत्र रूपमा दिल्लीमाथि अनेकन शंकाहरू गरिए। एसोसिएटेड देश, जो विश्वकप छनोट खेल्नमा नै संघर्ष गरिरहेको छ, त्यस्तो देशको खेलाडीलाई आइपिएल ल्याउने दिल्लीबाट त के अपेक्षा गरिएला र! भन्नेसम्मको आरोप उसले खेप्नुपर्‍यो।

यसबाट मुक्ति पाउन पनि उसलाई डिभिजन टुमा सन्दीपले खेलिरहेका हरेक खेल निर्णायक मात्र छैनन्, दिल्लीमाथि नियमित प्लेइङ लिस्टमा राख्नुपर्ने दबाब बढ्दो छ। नेपालले नामिवियाविरुद्धको पहिलो खेल अगावैदेखि दिल्लीले सन्दीपको बारेमा ट्विट सुरु गरेको थियो। त्यसपछि पनि सन्दीपले कति विकेट लेलान् भन्ने प्रश्न समर्थकलाई छाड्छ भने खेल सकिइसकेपछि सन्दीपको स्पेलको तारिफसहितको तथ्यांक ट्विट गर्छ।

दिल्लीलाई आफू कति क्षमतावान् छु भन्ने कुराको प्रमाण पनि सुरुवातबाटै सन्दीपले निरन्तर दिइरहेकै छन्। प्रतियोगिताको पहिलो खेलमा नामिवियाविरुद्ध ४ विकेट लिएर म्यान अफ द म्याच घोषित भएका सन्दीपले सोही लयलाई निरन्तरता दिन सफल भए। ओमानविरुद्ध पनि सन्दीपले आफ्नो लगातार विकेट लिने क्रमलाई निरन्तरता दिंदै २ विकेट लिए पनि नेपाल जित्न भने असफल रह्यो।

सन्दीपले आफ्नो उत्कृष्ट स्पेललाई निरन्तरता दिँदै पछिल्लो खेल केन्याविरुद्ध थप तिखारे। केन्या ५ पटक विश्वकप खेलिसकेको देश हो, जसले पनि नेपाललाई मानसिक दबाब स्वाभाविक थियो। तर सन्दीपले आफ्नो बलिङ जादू चलाएपछि १७७ रनमा केन्या समेटिएको थियो। युएईविरुद्ध खेल वर्षाले प्रभावित भएपछि ३४ ओभरमा घटाइएको खेलमा पनि उत्कृष्ट बलिङ गर्दै सन्दीपले ७ ओभर बलिङ गर्दै ३० रन खर्चिएर महत्त्वपूर्ण ३ विकेट लिए। त्यस खेलमा नेपालले ४ विकेटको जीत निकालेको थियो।

प्रतियोगिताको चौथो खेल केन्याविरुद्ध १० ओभर बलिङ गरेका सन्दीपले २० रन मात्र दिएर ५ विकेट लिँदै करिअरकै उत्कृष्ट बलिङ फिगर तयार पारे। त्यही कारण प्रतियोगितामा दोस्रो पटक प्लेयर अफ द म्याच घोषित भए। प्रतियोगितामा खेलहरू भइरहँद सन्दीपको जादूले दिल्लीलाई हौसला दिएको छ। साथमा फ्यान फलोइङमा दिल्लीले फड्को मारेको छ। कुनै एक खेलमा सन्दीपले मौका पाएमा प्रमाणित गर्नेमा दिल्ली विस्तारै आश्वस्त हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.