|

  • रुपेश दुलाल-

हेटौँडा : चौतर्फी विरोधपछि ३ नम्बर प्रदेश सदस्यहरुलाई किस्ताबन्दीमा घडेरी दिने निर्णयबारे हेटौँडा उपमहानगरपालिकाले विज्ञप्ति जारी गरेको छ।

उपमहानगरले एकसाताअघि घडेरी दिने निर्णय गरेलगत्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, विवेकशील साझा पार्टीसहित विभिन्न दल, नागरिक समाज, आमसञ्चार माध्यम र सर्वसाधारणबाट यसको चर्कोविरोध भएको थियो।

विरोध भएपछि निर्णयको बचाउ गर्दै उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले मंगलबार विज्ञप्ति जारी गरेका हुन्। उनले आफूहरुले मकवानपुरबाहेकका जिल्लाका प्रदेशसभा सदस्यहरुको सुविधाका लागि यस्तो निर्णय गरेको प्रस्ट पारेका छन्। विज्ञप्तिमा घडेरी सित्तै वा सरकारी दर रेटमा दिन लागेको नभई चलनचल्तीको दरमा किस्ताबन्दीमा दिन लागिएको जनाइएको छ।

प्रदेशसभा सदस्यहरुलाई हेटौँडामा सधैँ बस्नका लागि सहज होस् भनेर यस्तो विधि अपनाएको उपमहानगरपालिकाको भनाइ छ। नगरविकास समितिका अध्यक्ष राजीव सुवेदीको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले खरिद गर्न चाहने प्रदेशसभा सदस्यलाई पाँच वर्षभित्रमा किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने उपमहानगरपालिकाले जनाएको छ। निर्णय प्रदेशसभा सदस्यलाई राजधानीका लागि लोभ्याउन नभएको समेत प्रस्ट पारिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.