|

काठमाडौं: केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ।  'भ्यालेन्टाइन डे'को अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले अफर ल्याइएको आयोजकले बताएको छ।

मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ। मोबाइल हवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु पनि सञ्चालन गरिरहेको छ।

जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन्। गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए।

मोबाइल हबले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउनेछ। मोबाइल मेला फेब्रुअरी २८ सम्म चल्ने छ।

बुढानिलकण्ठका नबिन श्रेष्ठललाई मोटरसाइकल उपहार

यसै बिच मोबाइल हबले दशैं तिहारमा सञ्चालन गरेको अफर भित्र पनि अफरको गोलाप्रथा खोलेर विजेताहरु छनौट गरेको छ।

 ताम्राकार कम्प्लेक्स न्यूरोडस्थित सिटिभी मोबाइल, सिटीसी मलस्थित द वल्ड भिजन र केएल मोबाइल हब र एप्पल वल्र्ड दरबामार्गमा मोबाइल खरिद गरेकाहरु मध्येबाट विजेताहरु छनौट गरिएको हो।

उपहार योजनाको पहिलो उपहार यामाहाको आर वान फाइभ मोटरसाइकल कुपन नम्बर ११५८ का बुढानिलकण्ठ बस्ने नबिन श्रेष्ठले पाएका छन्।

त्यसै गरि कुपन नम्बर २२०७ का कालिमाटी बस्ने सफल न्यौपानेले आइफोन ८ पाएका छन्। कुपन नम्बर २६९३ का हात्तिबन बस्ने सुरज महर्जनले मलेशिया र सिंगापुर भ्रमणको प्याकेज जितेका छन्।

१०५० कुपन नम्बरका बौद्ध बस्ने शिक्षा लामाले भिभोको वाई ५३ मोबाइल जितेकी छन्। कुपन नम्बर २२४७ की यांगी शेर्पाले जेडटीईको एस ६ मोबाइल जितेकी छन्। कुपन नम्बर २५४९ का बल्खु बस्ने परमेश्‍वर उप्रेतीले लेनेभोको ए १००० मोडलको मोबाइल जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.