|

काठमाडौं : पार्टी एकताबारे निर्णायक छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ललितपुरमा वार्ता सुरु भएको छ।

ललितपुरको मानभवनस्थित शारदा अधिकारीको घरमा अध्यक्ष ओली र प्रचण्डबीच वार्ता भइरहेको छ। सोमबार दुई अध्यक्षबीच भएको छलफल पार्टी एकता नजिक पुगेको बताइएको थियो। 

उक्त वार्तापछि एमाले र माओवादी नेताहरुले पार्टी एकता निर्णायक चरणमा पुगेको बताएका थिए। त्यसकारण मंगलबारको वार्तालाई अर्थपूर्ण र चासोका रुपमा हेरिएको छ। ओली र प्रचण्डबीच ३ घण्टा चलेको वार्तामा पार्टी र सरकारको नेतृत्व, सैद्धान्तिक विषय एवं सांगठनिक विषयमा छलफल भएपनि निर्णय भएको थिएन। 

यद्यपी यस विषयमा कसैले मुख भने खोलेका छैनन्। 

मंगलबार २३ औं जनयुद्ध दिवसका सन्दर्भमा वाइसिएल नेपाललले माओवादी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा प्रचण्डले आज नै पार्टी एकताकाबारे सहमति गर्न आफुहरुले प्रयास गरिरहेको बताएका थिए। 

पार्टी एकताका लागि सहमति गर्दा खासगरी पार्टी र सरकारको नेतृत्व, संगठनको स्वरुप र पार्टीको नीति लगायतका विषयमा सहमति जुटाउन वार्ता भइरहेको छ। दुई नेताबीच सहमति पश्चात् एकताको खाका तयार गरेर पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ।

यो पनि पढ्नुहोस्:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.