२ विमान काठमाडौंमा अवतरण

|

काठमाडौं: राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दुई देश बीच भएको सहमति अनुसार चीनबाट ६ वटै जहाज ल्याएको छ। २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले  ६ वटा जहाज पुर्‍याएको हो। 

म‌ंगलबार (आज) चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको छ।  चीनको हर्बिन शहरबाट उडेका दुई विमान बंगलादेशको ढाका हुँदै दिउँसो काठमाडौं अवतरण गरिएको हो।

६ वटामध्ये २ वाई १२ र एमए ६० विमान चिनियाँ अनुदानका हुन् भने बाँकी चिनियाँ एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको प्रवक्ता रविन्द्र श्रेष्ठले बताए। हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता चालकसहित १९ सिट हो।

दुई वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठवटा जहाज भएका छन्।  प्रवक्ता श्रेष्ठले थपिएका विमान हालकै गन्तव्यमा उडान भर्ने र पछि अन्य गन्तव्यमा पनि विस्तार गर्ने योजना रहेको बताए।

चीनबाट एक प्रशिक्षकसहित दुईजना क्याप्टेनको टोली एक महिनापछि नेपाल आउने र त्यसपछि ती जहाजको उडान भरिने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए।

निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ। अन्तर्राष्ट्रियतर्फ हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ नाइन एसिबी– ५७५ र एयरवस ए–३२० विमानबाट उडान भर्दै आएको छ।

 निगमले थप दुई वाइड बढी विमान आगामी बैशाखसम्म भित्र्याएर अन्य गन्तव्यमा उडान भर्ने तयारी गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.