|

काठमाडौं : मोहन वैद्य ‘किरण’नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २३औँ जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका छन्। 
मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै दुवै पार्टीले जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका हुन्। नेकपा ९क्रान्तिकारी माओवादी०का अध्यक्ष मोहन वैद्यले जनयुद्धका नायक भनिएका पुष्पकमल दाहाल र बाबुराम भट्टराई खलनायकमा परिणत भएको गम्भीर आरोप लगाए।

उनले वाम गठबन्धन कम्युनिस्ट नै नभएको दाबीसमेत गरे। माओवादी केन्द्रका अध्यक्ष दाहाल वाम गठबन्धनको नाममा पुरानै राज्यसत्तामा विलय हुन पुगेको वैद्यको दाबी छ। अध्यक्ष वैद्यले जनताले वाम गठबन्धनलाई नभई कम्युनिस्टहरुलाई निर्वाचनमा मतदान गरेको बताए। उनले एमाले र माओवादी केन्द्र दक्षिणपन्थी भइसकेकाले क्रान्तिको नेतृत्व गर्न नसक्ने तर्क गरे। अध्यक्ष वैद्यले जनवाद ल्याउने गरी नेपाली क्रान्तिको नेतृत्व आफूहरुले मात्रै गर्न सक्ने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.