|

काभ्रेपलाञ्चोक : नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले नेकपा एमालेको जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रले मार्ग दर्शन सिद्धान्तको रूपमा लिएको २१औं शताब्दीको जनवबाद पार्टी एकतापश्चात महाधिवेशनबाट टुंगिने बताएका छन्।

काभ्रेपलाञ्चोकको बनेपामा प्रेस सेन्टर नेपाल काभ्रे शाखाले २३औँ जनयुद्ध दिवसको अवसर पारेर आयोजना गरिएको वाम एकता, आवश्यक्ता र चुनौती विषयक अन्तक्र्रियामा कार्यक्रममा नेता पौडेलले पार्टी एकता दुवै पार्टीमा विलिन हुने नभई नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणको अभियान भएको उल्लेख गरेका छन्। ‘दुई पार्टी एकता हुनु भनेको एमाले माओवादीमा विलिन हुनु हो र माओवादी एमालेमा विलिन हुनु हो भनेर धेरैले चर्चा गर्छन्। तर त्यस्तो होइन’, उनले भने,‘यो त नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्ने प्रक्रिया हो।’ 

अब एकतापछिको नयाँ कम्युनिस्ट पार्टीले शासन प्रणाली र जनताको जीवनस्तरमा क्रान्ति ल्याउन सक्नुपर्ने बताए। ‘कम्युनिस्टहरुले जे–जे भने पनि आमजनताले चाहेको भनेको आर्थिक विकासमा परिर्वतन र जनताको जीवनस्तरमा क्रान्ति हो। त्यो बाँकी कार्यभार पूरा गर्नका लागि विचार र संगठनको हिसावले यो पार्टी एकता हो’,उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.