|

बारा : वीरगन्ज युनाइटेड क्लब नवौँ सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। गत वर्षको विजेता संकटा क्लबलाई १–० गोल अन्तरले पराजित पर्दै वीरगन्जले सेमिफाइनलको यात्रा तय गरेको हो। 

वीरगन्जका लागि खेलको १६औँ मिनटमा अमर डंगोलले गरेको गोल निर्णायक बन्यो। विशाल राईको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले सम्हाल्न नसक्दा फर्किएको बललाई डंगोलले गोलमा परिणत गरे। पहिलो हाफमा सम्हालिन नसकेको संकटा खेलको सुरुवातमै १–० ले पछि परेपछि वीरगन्जले झन आक्रामक खेल खेलेको थियो। वीरगन्ज युनाइटेडको जितमा निर्णायक गोल गरेका कप्तान अमर डंगोल खेलको २४ औँ मिनटमा घाइते हुँदै मैदानबाट बाहिरीएका थिए। डंगोलले सेमिफाइनलसमेत गुमाउन सक्ने वीरगन्ज युनाइटेडका प्रशिक्षक सुलभजंग राणाले जानकारी दिए।

उनको खुट्टामा चोट लागेको छ। खेलको म्यान अफ द म्याच वीरगन्जका निशान लिम्बू घोषित भए।  यस्तै बुधबारको पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबले मोरङ फुटबल क्लब विराटनगरको सामना गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.