|

चितवन : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक सताभित्र नयाँ सरकार बन्ने बताएका छन्। चितवनको भरतपुरस्थित पटिहानीमा भएको महिला भलिबल फुटवलको समापनका अवसरमा बोल्दै नेपालले बुधबारसम्ममा सरकारका विषयमा नयाँ कुरा आउने बताएका हुन्।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै नेपालले पहिलो पार्टी एकीकरणको खाका आएपछि सरकार गठन हुने प्रष्ट्याए। नेता नेपालले भने ‘अब देश आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेकोले सबैको सहयोगको आवश्यकता छ।’ 

पछिल्लो समयमा राजनीति र खेलकुदमा पनि महिलाको सहभागिता बढ्दो छ भन्दै उनले भने ‘महिला अगाडि आउनु सकारात्मक हो।’ खेलले नेपाललाई विश्व सामू पुर्‍याउन मद्दत गर्ने भन्दै नेता नेपालले अझ महिलाबीचको खेलले थप उर्जा मिल्ने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.