|

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिका लागि प्रमुख दलहरुबीच समझदारी आवश्यक रहेको बताएका छन्। 

 चितवनको भरतपुरस्थित शरदपुर माध्यामिक विद्यालयको ४३औँ वर्षिकोत्सक उद्घाटनपछि अध्यक्ष प्रचण्डले भने,‘मैले प्रमुख दलहरुबीच समझदारी हुनुपर्छ भन्दै आएको छु, मेरो जोड समझदारी बनाउनेतर्फ नै हुन्छ।’ राष्ट्रिय मान्यता पाएको पाँच दल भए पनि राष्ट्रिय पार्टी कै रूपमा त तीनवटै दल भएको र तीन दलको सहमती र सहकार्य आवश्यक भएकोमा उनले जोड दिए। 
अध्यक्ष दाहालले अबको यात्रा विकास र समृद्धिको भएकोमा जोड दिए। उनले आफूले कहिल्यैपनि निषेधको राजनीति नगरेको भन्दै सहमतिकै पक्षमा रहेको बताए।

उनले भने,‘अहिले टुंगि सकेको नभए पनि ढिलो छिटो आफू प्रधानमन्त्री आउँछु भन्ने चाहिँ मलाई विश्वास छ।’ उनले आफू तुरुन्तै प्रधानमन्त्री भए पनि र अल्लि ढिलो भएपनि यहाँका स्थानियहरुकै साथमा रहने बताए। चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष  दाहालले निर्वाचनमा आफूले गरेका प्रतिवद्धता पूरा गर्नै बताए।  उनले केही विकासका कामहरु सुरुसमेत भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.