|

रुकुम : रोल्पामा सोमबार राती बम विस्फोट भएको छ। जनयुद्ध दिवसको पूर्वसन्ध्यामा माडी गाउँपालिका– ६ कोर्चाबाङ मिनाहीमा रहेको एनसेलको टावरमा राती करिव १२ बजे विस्फोट भएको प्रहरीले जनाएको छ। 

बम प्रहारबाट टावर संचालनका लागि ब्याट्रीलगायतका सामग्री राखिएको स्थान ध्वस्त भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार विस्फोटबाट टावरमा  क्षति पुगे पनि टावरले काम भने गरिरहेको छ। स्थानीयका अनुसार मध्यरातमा विस्फोटको ठूलो आवाज सुनिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

फागुन १ मा जनयुद्ध दिवस मनाउनुपूर्व विप्लव नेतृत्वको नेकपाले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको भए पनि विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.