समाज

देशभरमा १७ एनसेल टावर ध्वस्त,विप्लवका कार्यकर्तामाथि प्रहरीको आशंका
SHARES

फागुन १, २०७४

    काठमाडौं : मुलुकका विभिन्न क्षेत्रमा रहेका सञ्चार सेवा प्रदायक संस्था एनसेलका टावरमाथि पूर्ण र आंशिक क्षति पुर्‍याइएको छ। 

    विभिन्न जिल्लाबाट प्रहरी प्रधान कार्यालयलाई गरिएको रिपोर्टिङमा देशभरी रहेका एनसेल टावरहरूमा आक्रमण गरिएको छ। उक्त हमला अज्ञात समूहले गरेको प्रहरी कार्यालयहरूले जानकारी दिएको बताइएको छ।

    उक्त आक्रमण नेत्र विक्रम चन्दले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टीले गराएको प्रहरीको आशंका छ। माओवादीको जनयुद्ध दिवसको अवसरमा एनसेलका टावरमाथि क्षति पुर्‍याएको हुनसक्ने प्रहरी आशंका छ। 

    सोमबार राति र मंगलबार दिउँसै गरिएका आक्रमणबाट कतिपय टावर पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ। 

    कुन कुन ठाउँमा भयो आक्रण ?

    मंगलबार भएका आक्रमण राजधानीमै भएका छन्। काठमाडौंका ३ टावर त पूर्णतः ध्वस्त भएका प्रहरीले जानकारी दिएको छ। काठमाडौंको जोरपाटी, दक्षिणकाली र जहरसिंह पौवामा रहेका ३ टावर ध्वस्त भएका छन्। 

    त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालीका ११ खनारमा रहेको एनसेल टावरमा आगजनी तथा तोडफोड गरिएको थियो। धनकुटा नगरपालिका वडा नम्बर १० थुम्कीडाँडामा रहेको एनसेल टावर ध्वस्त पारिएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ८ मा रहेको टावरमा पनि क्षति पुर्‍याइएको छ।

    सोलुखुम्बुको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको एनसेलको टावरमा ताडफोड र आगजनी भएको छ।

    कञ्चनपुरको बेदकोट र शुक्लाफाँटामा रहेका एनसेलका टावर ध्वस्त पारिएको छ। डडेल्धुराको काफलीमा रहेको क्षेत्रिय टावर पनि ध्वस्त पारिएको छ। कैलालीको टिकापुर र जानकीनगरमा रहेका टावरमा आक्रमणबाट क्षति पुर्‍याइएको छ। 

    सुर्खेतका ३ वटा टावरमा पूर्ण रुपमा क्षति पुर्‍याइएको छ। त्यस्तै, जाजरकोटका २ वटा टावरमा आक्रमण भएको छ भने रोल्पाको माडी गाउँपालिका ६ को मेनै डाँडामा रहेको टावरमाथि आक्रमण गरिएको छ।

    यता मकवानपुरको मनहरीमा पनि एउटा एनसेल टावर ध्वस्त बनाइएको छ।

    यसरी आक्रम गरेर मुलुकभरका १७ एनसेल टावर ध्वस्त गरिएको प्रहरीले जानकारी दिएको छ।

    पढ्नुहोस्:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]