|
Representative Photo

काठमाडौ : बुटवलको संगम पथमा रहेको युनाइटेड प्लास्टिकको गोदाममा भीषण आगलागी भएको छ। 

आगो निभाउन रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट ६ वटा दमकलले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सहायक निरीक्षक सहनन्दन यादवले जानकारी दिए। 

आगलागी के कारणले भएको हो भन्ने पत्ता लागेको छैन। आगोबाट गोदाममा ठूलो क्षति भएको यादवको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.