|

काठमाडौं :  नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाई–१२ ई जहाज मंगलबार काठमाडौंमा अवतरण गरेको छ। यसअघि नेपाल भित्र्याएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं घाटा बेहोरिरहेको निगमले पुनः दुईवटा यस्तै जहाज ल्याएको छ। 

चारवटा जहाजका लागि कम्तीमा अाठ जना क्याप्टेन आवश्यक भए पनि हाल निगमसँग ४ वटा वाई–१२ ई जहाजका लागि ३ जनामात्र क्याप्टेन छन्। जहाज सेड्युल उडानका लागि चार जहाजमा लागि कम्तीमा पनि ८ जना क्याप्टेन चाहिन्छ। चिनियाँ जहाजको मुख्य समस्या नै जनशक्ति अभाव हुुँदै आएको छ।

निगमले भने तत्काल यस्तो समस्या  देखिए पनि चाँडै जनशक्ति व्यवस्थापन हुने दाबी गरेको छ। ‘चीनबाट छिट्टै ३ जना क्याप्टेन ल्याउँदैछौं, त्यसपछि वाई –१२ ई ले राम्रो उडान गर्ने अपेक्षा छ’ निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने। चिनियाँ पक्षले स्पेयर्स पार्टस र पाइलटको समस्या समाधान  गर्ने प्रतिबद्धतापछि थप जहाज ल्याइएको कंसाकारले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.