|

काठमाडौं महाशिवरात्रि पर्व मनाउने क्रममा देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्यो। भगवान् शिवको पूजाआजा गर्न काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा भने श्रद्धालुले १० घण्टासम्म उभिनुपर्यो।

बेलैमा पुगेर र्शन गरी फर्किन पशुपतिनाथ मन्दिर पुगेका भक्तपुर लोकन्थलीका उमेशचन्द्र ठकुरी बेलुकी ५ बजेसम्म मन्दिर प्रवेश गर्न पाएका थिएनन्। बिहान ८ बजेदेखि लाइन लागे पनि उनी ५ बजेमात्र भष्मेश्वर अगाडि पुगेका थिए। शिवरात्रिमा बर्सेनि दर्शन र पूजाआजा गर्नआउने उनले भने, ‘विगतमा त ४ ५ घण्टामा मन्दिरभित्रै पुगिन्थ्यो, लाइनको अवस्था हेर्दा अझै एक घण्टा लाग्लाजस्तो छ।

उनले प्रहरीले नै बिचबाट मान्छे पठाउने गरेको आरोप लगाए। बालाजुबाट आएकी सीता पन्तले पनि लाइनमा बसेको ९ घण्टा भएको बताइन्। ‘स्वयंसेवकहरू एउटै पासमा पालो पालो घुमिफिरी आउँछन्’, उनले भनिन्, ‘उनीहरूले आफ्ना मान्छे घुसाउने काम गरे।

लामो समयदेखि लाइन बसेकाको हतारो र लाइनबाट यताउता गर्नेको भीडले प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको देखिन्थ्यो। समूहमा रहेका प्रहरीले फुकेका सिटीको चर्को आवाज सुन्न नसकेर भक्तजन बेलाबेलामा कान थुन्थे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.