|

बुटवल : मुख्यमन्त्री नियुक्ति तयारी हुँदै गर्दा प्रमुख सचिव शंकर पाठकलाई एउटै चिन्ता छ, प्रदेश ५ का पहिलो मुख्यमन्त्रीलाई कुन गाडीमा चढाउने? मन्त्रालयको काम जगेडा गाडीमा चलाइरहेका पाठकले मुख्यमन्त्री र मन्त्रीहरूका लागि गाडी जुटाउन लागिपरेका छन्।

प्रदेश प्रमुखले फागुन २ गते मुख्यमन्त्री नियुक्ति गर्ने तयारी गरिरहेका छन्। फागुन ३ गते अन्त्य दुई मन्त्रीसहित एमाले संसदीय दलका नेता शंकर पोखरेलले शपथ लिँदैछन्। प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरिरहँदा मुख्यमन्त्री चढ्ने साधनको व्यवस्था भइसकेको छैन।

‘अहिले नै नयाँ गाडी व्यवस्थापन हुन सक्दैन’, पाठकले भने, ‘यतैका पुराना कार्यालयबाट पुराना गाडी व्यवस्थापन गर्दैछौँ। जुन गाडी भेटिन्छ त्यसैमा मुख्यमन्त्री चढ्नुहुन्छ।’ मुख्यमन्त्रीसहित प्रदेशमा तत्कालका लागि ५ गाडी आवश्यक छ। सभामुख, उपसभामुख, दुई मन्त्रीका लागि गाडीको जोहो अझै भएको छैन। केन्द्र सरकारले प्रदेशका लागि दुई वटा गाडी पठाए पनि ती उपयुक्त छैनन्।

मुख्यमन्त्री र मन्त्रीका लागि बाँकेबाट केही गाडी ल्याउने तयारी गरिएको छ। ती गाडी सुविधायुक्त नभए पनि तत्कालका लागि ‘कामचलाउ’ हुने पाठकले बताए। मुख्यमन्त्रीको कार्यकक्ष निर्माण बुधबार सकिँदैछ। सानो आकारको मन्त्रिमण्डल हुने भएकाले बैठक कक्षका लागि तत्काल समस्या नहुने पाठकले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.