|
Manchester City

च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति म्यान्चेस्टर सिटीले एफसी बाजललाई ४–० ले हराएको छ। स्वीस क्लब बाजलको मैदानमा भएको प्री क्वाटरफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्लब म्यान सिटीलाई विजयी गराउन ईके गुण्डोगानले दुई गोल गरे भने सर्जियो अगुएरो र बर्नार्डो सिल्भाले एक–एक गोल गरे।

च्याम्पियन्स लिग प्री क्वार्टरफाइनलकै अर्को खेलमा इटालीको युभेन्टस र इङ्ल्याण्डको टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेलेका छन्। इटालीको टुरिनमा भएको खेलमा घरेलु टोली युभेन्टसका गोन्जालो हिगुवानले सुरुवाती ९ मिनेटभित्र २ गोल गरे। तर पाहुना टोली टोटनह्यामका ह्यारी केन र क्रिश्चियन एरिक्सनले एक–एक गोल गर्दै खेल बराबरी गरेका हुन्।

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बुधबार राति थप दुई खेल हुनेछन्। खेलमा पोर्चुगलको एफसी पोर्टो र इङ्ल्याण्डको लिभरपुल तथा स्पेनको रियाल मड्रिड र फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी भिड्नेछन्।

प्री क्वाटरफाइनलका बाँकी ४ खेल अर्को हप्ता हुनेछन्। अर्को हप्ता हुने खेलहरुमा जर्मनीको बायर्न म्युनिख र टर्कीको बेसिक्तास, इङ्ल्यान्डको चेल्सी र स्पेनको बार्सिलोना, स्पेनको सेभिया र इङ्ल्याण्डको म्यानचेस्टर युनाईटेड तथा युक्रेनको शख्तर र ईटालीको एएस रोमा भिड्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.