|
तस्विर : रत्न श्रेष्ठ रासस

काठमाडौं : नेपाली सेनाले मंगलबार सेना दिवस मनाएको छ। सैनिकमञ्च टुँडिखेलमा मंगलबार अपराह्न आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भइन्।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुलीलगायत सहभागी थिए। यस्तै, भारतीय सेनाका प्रमुख विपीन रावत पनि विशेष अतिथिका रूपमा समारोहमा सहभागी भए।

सेना दिवसमा पहिलोपटक नेपाली सेना, भारतीय सेनामा कार्यरत् गोर्खा रेजिमेण्ट र बेलायती सेनाको ब्रिगेड अफ गोर्खा ब्याण्डले संयुक्त रूपमा प्रदर्शनी गरेका थिए। नेपाली सेनाद्वारा महाशिवरात्रि बढाइँ तथा कवाज मार्चपास प्रस्तुत गरिएको थियो। यस्तै, सशस्त्र कला, खुकुरी मार्सल आर्ट र आतिसबाजी पनि गरियो।

यसैगरी, नेपाली सेनाको कथा गाथामा आधारित सांगीतमय नाटक पनि प्रस्तुत गरिएको थियो। यसअघि, प्रधानसेनापति राजेन्द्र क्षत्रीले जगदल गण २ र ३, गोरखकाली गुल्मलाई निशान छाप र दुर्गा बक्स गणलाई ब्यानर प्रदान गरेका थिए। नेपाली सेनाको संगठित स्वरूपको निर्माण पृथ्वीनारायण शाहको पालामा विक्रम संवत् १८१९ सालमा भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.