|

रौतहट : गुजरा नगरपालिकामा रहेको रंगपुर मनहर्वा प्रहरी चौकीको भवन जीर्ण बन्दा प्रहरी जोखिममा बस्न बाध्य छन्। सशस्त्र द्वन्द्वकालमा आगजनी भएको उक्त प्रहरी चौकीको भवन अहिलसम्म मर्मत हुन नसक्दा प्रहरीहरू जोखिम मोलेर बस्न बाध्य भएका हुन्।

चौकीको भवन जीर्ण भएर असुरक्षित भए पनि यसबारे कसैले चासो नदेखाएको चौकीका इन्चार्ज संजयकुमार शर्माले गुनासो गरे। 

०४६ मा स्थापना भएको उक्त चौकीमा आठ जनाको दरबन्दी रहेको छ। चौकीमा हिरासत, चर्पी, खाना खाने तथा पकाउने कोठाको अभाव छ। भवन भत्किने अवस्थामा रहेकाले हिरासतमा मान्छेलाई राख्न पनि समस्य हुँदै आएको इन्चार्ज शर्मा बताउँछन्।

रंगपुर मनहर्वा प्रहरी चौकीको भवन मात्र होइन, जिल्लाका अधिकांश चौकीका भवन जीर्ण बन्दै गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले जानकारी दिए। जिल्लामा एक भन्सार सुरक्षा, एक जिल्ला प्रहरी कार्यालयको भवन, ६ वटा अस्थायी पोष्ट, १२ वटा इलाका प्रहरी कार्यालय र २४ प्रहरी चौकी रहेका छन्। तीमध्ये शान्ति मन्त्रालयको कोषबाट ६ वटा इलाका प्रहरी कार्यालयका भवन पुनः निर्माण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.