|

भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने एक कारखानामा भएको विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ। केरला प्रदेशमा मंगलबार भएको सो घटनामा परी अन्य १५ जना घाइते भएका छन्। 

केरला राज्यको राजधानी थीरुभानान्थापुरमदेखि २०० किलोमिटर टाढा पर्ने इर्नाकुलम जिल्लामा रहेको कोची विमान मर्मत कारखानामा विस्फोटनको घटना भएको हो। एउटा विमान मर्मत भइरहेको अवस्थामा विस्फोटन भएको र त्यसमा परी पाँचको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका एक अधिकारीले जानकारी दिएका छन्। 

घाइते भएकामध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ। विस्फोटनमा परेको जहाज राज्य नियन्त्रित तेल र प्राकृतिक ग्यास निगमको भएको बताइएको छ। मर्मतका लागि त्यो जहाज मर्मत स्थलमा लगिएको थियो। 

विस्फोटनको कारण अहिलेसम्म खुल्न नसकेको अधिकारीहरूले बताएका छन्। आगलागी भएको विमानभित्र दुई जना अझै च्यापिएको समाचारमा जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.