राजनीति

प्रदेश २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध, को हुन् यादव?
SHARES

फागुन २, २०७४

    जनकपुरधाम : प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन्। प्रदेश संसद सचिवालयले तोकेको समय सीमामा यादव बाहेक अन्य कसैले उम्मेदवारी दर्ता नगराएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

    प्रदेश संसद सचिवालयले मंगलवार ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकेकोमा यादवको मात्र उम्मेदवारी परेको थियो।

    राजपाका उपाध्यक्ष समेत रहेका यादवले संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतको समर्थन र राजपा नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्।  

    को हुन् यादव?

    बाराको तत्कालीन हरिहरपुर गाउँ विकास समितिमा ०३० फागुन ३० मा जन्मिएका सरोजकुमार यादव सामान्य परिवारका हुन्। उनले गाउँकै विद्यालयबाट औपचारिक शिक्षको सुरु गरेका थिए। उनी स्नातकोत्तर तहमा पढ्दा पढ्दै ०४८ मा तत्कालीन सद्भावना पार्टीको सदस्यता लिई सक्रिय राजनीतिमा होमिएका थिए।

    उनी ०५४ मा हरिहरपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचन भए। ०६४ मा भएको प्रथम संविधानसभा निर्वाचनमा विजयी भएका थिए। सद्भावना पार्टी सरकारमा सम्मिलित हुँदा उनले दुई पटक राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

    कृषिमा चासो

    सभामुखमा निर्विरोध निर्वाचित यादवले प्रदेशसभामा रहेका सत्ता पक्ष तथा विपक्षी दललाई मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले प्रदेशको विकासका लागि एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

    प्रदेश २ लाई संमद्ध बनाउ कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने यादवको मत छ। उनले भने, ‘मधेशको माटो कृषि उब्जनीको खानी नै हो।’

गोविन्द महतो

जनकपुरका पत्रकार महतो थाहाखबरका धनुषा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]