|
फाइल फोटो

काठमाडौं : वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक बुधबार बस्दैछ। पार्टी एकताबारे संयोजन समितिको बैठकले ठोस निर्णय लिनेछ।

अपराह्न ३ बजे एकता संयोजनको बैठक बस्ने तय भए पनि स्थानको भने टुंगो लागिनसकेको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए। ‘पार्टी एकताबारे  बुधबार बस्ने बैठकले ठोस निर्णय लिनेछ’ उनले भने।  

गठबन्धनका शीर्ष दुई नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच मंगलबार पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनेबारे छलफल भएको थियो।

यसअघि दुई नेताबीच भएको वार्तामा एकीकृत पार्टीको नेतृत्वको विषयमा सहमति जुटेको थियो। एकीकृत पार्टीको अध्यक्षमा दुवै नेता रहने र सरकारमा आलोपालो गर्ने समझदारी भएको थियो। सरकारको नेतृत्व भने सुरुमा एमाले अध्यक्ष ओलीले गर्ने दुवै दलको समझदारी छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.