|
AFP/GETTY IMAGES

इजरायली प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि घूस लिएको, धोका दिएको र विश्वासघात गरेको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ।

प्रहरीले प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउन पर्याप्त प्रमाण रहेको जिकिर गरेको छ। तर प्रधानमन्त्री नेतन्याहूले भने प्रहरीले लगाएको आरोपको अस्वीकार गरेका छन्।  उनले आफू प्रधानमन्त्री मै रहने बताए।

प्रधानमन्त्री नेतन्याहूमाथि इजरायलको पत्रिका ‘येडियत अहरोनोट’ पत्रिकाका मालिकलाई विपक्षीलाई दबाब दिने गरी समाचार प्रकाशन गर्न र आफ्नो सकारात्मक कुरा मात्र छाप्न दबाब दिएको बताइएको छ।

प्रहरीले भने ‘येडियत अहरोनोट’ का सम्पादक आरनन मोजेफमाथि पनि मुद्दा चलाइनुपर्ने जनाएको छ। सन् २००९ मा इजरायलका प्रधानमन्त्री भएका नेतन्याहूमाथि बलिउड निर्माता आनर्नन मिलचनसँग एक लाख डलर उपहार लिएको आरोप पनि लागेको छ।

जेरुसेलम पोस्टले मिलचनसँग महँगा मदिरा र सिगार समेत लिएको दाबी गरेको छ। प्रहरीले मिलचनमाथि पनि घुस दिएको आरोपमा मुद्दा चलाउनुपर्ने जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.