|

बुटवल : प्रदेश ५ मा बुधबार एमालेका शंकर पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्। प्रदेश प्रमुख उमाकान्त झाले वामगठबन्धनबाट प्रस्ताव गरिएका एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहेको छ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति गर्ने कार्यक्रम तय भएको प्रदेश प्रमुख कार्यालयका सचिव सनदकुमार दवाडीले जानकारी दिए। मुख्यमन्त्रीको सपथ भने बिहीबार दिउँसो ३ बजे तोकिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

सपथका लागि नेपाली सेनाले प्रदेश प्रमुखको निवास रहेको सडक डिभिजन अतिथि निवास नजिकैको कम्पाउण्डमा तयारी गरिरहेको छ। मुख्यमन्त्रीको सपथकै दिन दुई मन्त्रीले पनि सपथ लिनेछन्। एमाले र माओवादी केन्द्रबाट १–१ जनाले सपथ लिने टुंगो लागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.