|

सुनसरी : पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–७ मा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बा रहेको प्रहरीले जनाएको छ।

विश्वकर्मा मन्दिर नजिकै मंगलबार राति कारको ठक्करबाट गम्भीर घाइते सुब्बाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति नै मृत्यु भएको मृत्यु भएको पूर्व क्षेत्र टाफिक प्रहरी कार्यलय इटहरी सुनसरीले जनाएको छ।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको बा१८च २२४० नम्बरको कारले साइकलयात्री सुब्बालाई ठक्कर दिएको थियो। ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.