खेलकुद

प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट फागुन दाेस्रो सातादेखि
SHARES

फागुन २, २०७४

    काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट यही फागुन ९ गतेदेखि धनगढीमा हुने भएको छ। पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको अायोजकले जनाएको छ।

    फागुन ९ देखि १४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र विभागीय टोली एपीएफ गरी ६  टिमकाे  सहभागिता रहने  कैलाली जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए।

    प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। वुमेन अफ द सिरिजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरस्कृत गरिने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]