|

भक्तपुर : प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको ८४ वर्षको उमेरमा मंगलवार राति निधन भएको छ। लामो समयदेखि फोक्सोको नलीमा समस्या भोग्दै आएका उनको अाफ्नै निवास सुडालमा निधन भएको हो।

प्रजातान्त्रिक लडाइँका क्रममा पण्डितले पटक–पटक गरी १८ वर्ष जेल जीवन बिताएका थिए। जेलमा रहँदा उनले कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराई, स्व. गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायतको भान्छेका रूपमा काम गरेका थिए ।

प्रजातन्त्रका लागि लामो संघर्ष र त्याग गरे पनि उनी कांग्रेसको कार्यकारी पदमा भने पुगेनन्। उनी कुनै पनि सरकारी लाभको पदमा समेत बसेनन्। पण्डितको दाहसंस्कार गएराति नै हिन्दु परम्पराअनुसार गरिएको छ ।
   
तस्विर : जीवन खत्रीको फेसबुकबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.