काठमाडौं : तीनदिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष विपिन रावतले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सैनिक जंगी अड्डामा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सेनाध्यक्ष रावतले बुधबार राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सोमबार नेपाल आएका रावत बुधबार अपराह्न स्वदेश फिर्ता हुनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।