|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रका नाममा सम्बाेधन गरी प्रधानमन्त्री देउवाले राजीनामा दिन लागेका हुन्। 

'प्रधानमन्त्री देउवाले बुधबार वा बिहीबार राजनीनामा दिनुहुनेछ', प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकको सूची राष्ट्रपतिलाई बुझाएलगत्तै राजीनामा दिने तयारी छ।’  

निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको समानुपातिक तर्फ निर्वाचित सदस्यको नामावलीसहित प्रतिनिधिसभा निर्वाचनको पूर्व प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ। 

यो प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले देउवाले राजीनामा दिने तयारी गरेका हुन्। देउवा २०७४ जेठ २३ गते नेपालको ४०औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

गणतन्त्र नेपालका नवौं प्रधानमन्त्री देउवाको यो प्रधानमन्त्रीका रुपमा चौथो कार्यकाल हो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.