यस्तो छ क्यानडा र नेपालको क्रिकेट इतिहास

|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले बुधबार विश्व क्रिकेट लिग डिभिजन २ को निर्णायक खेलमा क्यानडासँग खेल्दैछ। नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेलमा नेपाललाई विश्वकप छनोट खेल्नका लागि जित्नै पर्ने दबाब छ।

बुधबारको खेलमा नेपालले क्यानडाको राष्ट्रिय टिमको सामना गर्नु परे पनि भारत, पाकिस्तान तथा श्रीलंकन मूलका खेलाडीकोसँग खेल्नु पर्ने छ। त्यस्तै क्यानडाको टिममा २ जना वेष्टइन्डिजका पनि खेलाडी छन्।

यी ४ देश क्रिकेटमा अब्बल मानिन्छन्। टेष्ट मान्यता प्राप्त भारत, पाकिस्तान, श्रीलंका र वेष्टइन्डिज मूलका खेलाडी मध्येबाट ११ जना नेपाल विरुद्धको खेलमा मैदान उत्रिनेछन्।

क्यानडाकाे राष्ट्रिय टिममा रहेका कुन खेलाडी कहाँका?

चार भारतीय मूलका खेलाडी

भारतीय मूलका नितिश कुमार अहिले क्यानडाको टिमको कप्तान छन्।  उनी अनुभवी ब्याट्सम्यान हुन्। उनी तेन्दुलकरको उपनामले पनि चिनिन्छन्। अर्का भारतीय मूलका खेलाडी हुन् नवनित सिंह।

उनी भारतको चण्डिगढमा जन्मिएका हुन्। २९ वर्षीय सिंहसंग ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेको अनुभव छ। अर्का भारतीय भारतीय खेलाडी सत्सी मरन्जीत सिंह हुन्। २७ वर्षीय उनले पनि क्यानडाका लागि ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेका छन्।

भारतीय मूलका अर्का खेलाडी निखिल दत्तले क्यानडाबाट एकदिवसीय अन्तर्राष्ट्रिय समेत खेलेको अनुभव छ। यी खेलाडी आज नेपाल विरुद्ध मैदानमा उत्रिनेको सूचीमा छन्।

श्रीलंकन खेलाडी

श्रीलंकन मूलका भविन्दु शाक्य ओपनिङ ब्याट्सम्यान हुन्। उनी सन् २००० मा कोलम्बोमा जन्मेका हुन्। अर्का श्रीलंकन मूलका खेलाडी रुविन्दु गुणसेकेरा हुन्। २६ वर्षीय रुविन्दुले क्यानडाका लागि १९ अन्तर्राष्ट्रिय एकदिवसीय र ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेका छन्।

श्रीलंकन मूलका धनुका पथिरानाले पनि क्यानडाको टिमबाट धेरै खेलेका छन्। ३५ वर्षीय ब्याट्सम्यान धनुकाले ८७ फस्ट क्लास म्याच खेलका छन्।  अर्का श्रीलंकन मूलका क्यानडेली खेलाडी श्रीमन्था विज्रत्ने हुन्।

उनले क्यानडाका लागि विकेट किपरको भूमिका निर्वाह गर्दै आएका छन्। 

पाकिस्तानी खेलाडी

क्यानडाको टोलीबाट पाकिस्तानी मूलका खेलाडीले पनि मुख्य स्थान ओगटेका छन्। हम्जा तरिक पाकिस्तानको कराँचीमा जन्मिएर क्यानडाको टोलीबाट क्रिकेट खेल्छन।

उनीले पनि क्यानडाका लागि अन्तर्राष्ट्रिय एकदिवसीय र ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेका छन्। कराँचीमा जन्मिएका ३२ वर्षीय जुनईद सिद्दिकीले पनि क्यानडाबाट क्रिकेटमा लामो अनुभव संगालेका छन्।

उनले ९ एकदिवसीय र ८ ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेका छन्। अर्का पाकिस्तानी मूलका खेलाडी हुन् सेसिल परवेज खान। ३३ वर्षीय उनी क्यानडाका लागि फास्ट बलरको भूमिकामा  छन्। अर्का पाकिस्तानी मूलका खेलाडी सइद विन जफार हुन्।

३१ वर्षीय जाफर पाकिस्तानको पञ्जाबमा जन्मिएका हुन्। उनी क्यानडाबाट क्रिकेट खेलिरहेका छन्। दुई जना खेलाडी भने वेष्टइन्डिजका रहेका छन्।

यस्तो छ नेपाल र क्यानडाकाे क्रिेकेट इतिहास

क्यानडा भने यसअघि सन् १९७९ मै विश्वकप खेलिसकेको टिम हो। क्यानडाले विश्वकपमा ४ पटक सहभागिता जनाइसकेको छ  विश्वकप छनोटमा भने उसले १० पटक स्थान बनाएको छ। ट्वेन्टी ट्वेन्टी विश्वकपमा पनि क्यानडा ५ पटक सहभागि भइसकेको छ।

नेपालका लागि  विगतको इतिहास भन्दा आजको खेलमा भारतीय, पाकिस्तानी र श्रीलंकन मूलका खेलाडी मुख्य चुनौती बन्ने देखिएका छन्। यसअघि नेपालले सन् २०१५ मा भएको डिभिजन २ मा क्यानडालाई ७ विकेटको पराकिलो अन्तरले हराएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.