|

कालिकोट : हिमपातका कारण कर्णाली राजमार्गको कालिकोट नाग्मदेखि मुगु गमगढीसम्मको सडक अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएपछि नाग्म र गमगढी भित्रिने र बाहिरिने सवारी साधन बीच बाटोमा नै अलपत्र परेका छन्। मुगु र जुम्लाको सीमाना घुच्चीलेकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि यात्रुबाहक र मालवाहक गाडी आवतजावत हुन नसकेको जुम्लाका कनकासुन्दरी गाउँपालिका–४ का बाँचे बुढाले बताए। 

‘हिमपातले सडक अवरुद्ध हुँदा एक दर्जनभन्दा सवारी साधन बीच बाटोमा नै रोकिएका छन्।’ उनले भने, ‘गाडी रोकिँदा यात्रुहरु अलपत्र परेका छन्।’

अवरुद्ध सडक डोजर लगाएर खुलाउन सञ्चालन गर्न लागिएको जुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.