|

तनहुँ : तनहुँको दोरदोरटारमा चितुवाले बालकलाई खाएको छ। भानु नगरपालिका वडा नम्बर ३ दोरदोरटारका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले खाएको हो।

बालक विशाल घरदेखि करिब ७०० मिटर दूरीमा रहेको मामाघरबाट घरतर्फ आउँदै गर्दा चितुवाले लगेको उनका माइला बुबा रामप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार बालकको आफन्त र छिमेकीहरुले खोज्दै जाँदा मंगलबार करिब राति ११ बजे टाउकोको आधा भाग, खुट्टा, छाती चितुवाले खाएको अवस्थामा घरबाट ५०० मिटर पर भेटिएका थिए।

विशालका आमाबाबु नजिकैको शिवालयम मन्दिरमा बत्ती बाल्न गएको अवस्थामा घरतर्फ आउँदै गर्दा बालक एक्लै घरतर्फ आउने क्रममा साँझ ६ बजेदेखि हराएका थिए। बालकलाई खोज्ने क्रममा छिमेकी विष्णु जोशीको बारीमा आधा शरीर भेटिएको माइला बुबा रामप्रसादले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.