|
फाइल फोटो

काठमाडौं : पूर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवालको कीर्ते मुद्दाको अनुसन्धान पूरा गरी प्रहरीको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउने प्रक्रियामा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताए। वकिल कार्यालयले मुद्दा दर्ता गरेको वा नगरेको भन्नेबारे अधिकारिक जानकारी आई नसकेको उनको भनाइ छ।

नेकपा एमाले ललितपुर क्षेत्र नम्बर- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सिलवालले प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा बुझाएको कार्यसम्पादन मूल्यांकन र सरकारसँग भएको कार्यसम्पादन मूल्यांकन फरक भएको भन्दै अनुसन्धान गरी कारवाही गर्न सर्वाेच्च अदालतले प्रहरीलाई पत्राचार गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.