मनोरञ्जन

भ्यालेन्टाइन गर्ल विरुद्ध प्रहरीमा उजुरी, धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप
SHARES

फागुन २, २०७४

    दिल्ली : सामाजिक सञ्जाल अहिले भ्यालेन्टाइनमय बनेको छ। प्रयोगकर्ताहरुले विभिन्‍न फोटो, भिडियो, कविता, गजलहरु पोस्ट गरेर माया साटासाट गरिरहेका छन्।

    अहिले सामाजिक सञ्जालमा एक भारतीय युवती निकै चर्चामा छिन्। उनको अभिनय रहेको भिडियो क्लिप ट्वीटर, फेसबुक, इस्टाग्राम र वाट्सएपमा भाइरल भइरहेको छ।  भिडियोमा एक युवतीले आफ्नो हाउभाउबाट ब्वाईफ्रेन्डप्रति प्रेम दर्शाउँछिन्। यो भिडियो सामाजिक सञ्जालमा भ्यालेन्टाइन डेको सिम्बोल नै बनेको छ। यस भिडियोलाई अहिलेसम्म युट्युबमा मात्रै १ करोड ४९ लाखभन्दा धेरैले हेरिसकेका छन्। फेसबुक, ट्वीटरमा यही भिडियो शेयर गर्ने ट्रेन्ड चलेको छ।

    उजूरी दर्ता

    उनले आँखा झिम्क्याएको भिडियो धेरै चर्चामा आएपछि अहिले यी युवतीविरुद्ध हैदरावादको पुलिस स्टेशनमा उजुरी परेको छ। मुस्लिम युथ ग्रुपले दर्ता गरेको उजूरीमा उनका क्रियाकलापले मुस्लिमहरुको भावनामाथि ठेस पुगेको उल्लेख छ। उजुरीमा उल्लेख भएअनुसार यस भिडियोलाई धेरै मुस्लिम युवकहरुले मन पराए, जुन मुस्लिम भावना विपरीत छ।

    भिडियोमा देखिएकी युवती हुन्, मलयाली अभिनेत्री प्रिया प्रकाश वारिया। भर्खरै मात्र उनले मोडलिङ गरेको मलयाली गीत ‘मानिका मलयारा पूवी’ रिलिज भएको थियो। यो भिडियो क्लिप त्यही गीतको भिडियोबाट लिइएको हो। यो गीत प्रिया प्रकाशको अभिनय रहेको पहिलो फिल्म ‘ओरु अडार लभ’ ३ मा समावेश छ। फिल्म मार्चमा रिलिज हुँदैछ। फिल्मको निर्देशन ओमार लुलुले गर्दैछन्। 

    १८ वर्षीया प्रिया प्रकाश वारिया केरलाबाट हुन्। उनी ग्राज्युयट पढ्दैछिन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]