|

दिल्ली : बलिउड अभिनेता साहिद कपुर र उनकी श्रीमती मीरा राजपूत पछिल्लो समय तनावमा छन्। उनीहरु अहिले घर सर्नेबारे सोच्दैछन्।

मीरा र साहिद मुम्बईको जुहुस्थित प्रणेता अपार्टमेन्टमा बस्दै आएका छन्। यस इलाका यौनकर्मीको लागि चर्चित इलाका हो। साहिदको घरबाट झन्डै आधा किलोमिटर दुरीमा रहेको जुहु बीचमा यौनकर्मीहरु खुलेयाम व्यापार गरिरहेका हुन्छन्। साहिदको घर वरपर पनि दलाल र यौनकर्मीहरुले खुलम खुला डिल गर्ने गरेका छन्। त्यसैले साहिदलाई यस इलाकामा आफ्नो परिवारसँग बस्‍न मुस्किल पर्दै गरेको छ।

यी सबै समस्याहरुलाई ध्यानमा राखेर साहिद र मीराले घर फेर्न लागेका हुन्। साहिदले यो अपार्टमेन्ट ४ वर्षअघि मात्रै किनेका थिए। त्यतिबेला उनले विवाह गरिसकेका थिएनन्। तर, अब साहिदको विवाह भइसकेको छ। यौनकर्मीहरुको इलाकामा बस्‍न उनकी श्रीमतीलाई अप्ठेरो लाग्‍ने गरेको छ। त्यसैले अब उनीहरु नयाँ घरमा सर्ने योजनामा छन्। उनले ब्रान्दामा एक नयाँ घर हेर्दैछन्।

भर्खरै मात्र साहिद फिल्म ‘पद्मावत’मा देखिएका थिए। विवादका बाबजुद यस फिल्मे बक्स अफिसमा राम्रो व्यापार गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.