राजनीति

पार्टी एकताका लागि ओली-प्रचण्ड वार्तामा, संयोजन समितिको बैठक २ बजे बस्ने
SHARES

फागुन २, २०७४

    काठमाडौं : पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्णायक छलफलमा जुटेका छन्।

    नयाँ सरकाको नेतृत्व र एकीकृत पार्टीको नेतृत्वमा सहमति जुटाएका वाम गठबन्धनका यी २ शीर्ष नेता त्यसलाई अन्तिम रूप दिन गोप्य छलफलमा जुटेका हुन्। एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड बुधबार ललितपुरको मानभवनमा निर्णायक वार्तामा रहेका स्रोतले बताएको छ।

    यी २ नेताहरूले एकीकृत पार्टीमा शीर्ष नेताहरूको व्यवस्थापन र सैद्धान्तिक विषयलाई टुंगो लगाउने नेताहरूले बताएका छन्। २ शीर्ष नेताले टुंग्याएका विषयलाई बुधबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकले मूर्त रूप दिने कार्ययोजना छ।

    २ अध्यक्षको वार्तापश्चात् समितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ। तर वार्ताका लागि स्थान भने टुंगो नलागेको अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]