मनोरञ्जन

जसितालाई फकाउँदै प्रदीप, सार्वजनिक भयो 'लिलिबिली'को शीर्ष गीत
SHARES

फागुन २, २०७४

    काठमाडौं : प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म 'लिलिबिली'को दोस्रो गीत रिलिज भएको छ। भ्यालेन्टाइन्स डेको अवसर पारेर फिल्मको लभ सङ सार्वजनिक गरिएको हो। सार्वजनिक लिलिबिलीको शीर्ष गीतमा एस डी योगीको संगीत रहेको छ। एकतारेले शब्द दिएको गीतमा संगीतकार योगीकै स्वर सुन्न सकिन्छ।

    कविराज गहतराजको कोरियोग्रफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ छन्। स्कटल्यान्डमा खिचिएको भिडियो हेर्दा निकै सुन्दर लाग्छ। सुदीप बरालले खिचेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।

    मिलन चाम्स निर्देशित यस फिल्म चैत ३० गतेबाट प्रदर्शनमा आउँदै छ। 'कफिया फिल्मस्', 'सुदीप खड्का प्रोडक्सन' र 'चाम्स इन्टरटेन्टमेन्ट'को संयुक्त ब्‍यानरमा निर्माण भएको यस फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ। फिल्मको लण्डन, स्कटल्याण्ड र टर्कीको इस्तानबुललगायतका ठाउँहरूमा छायांकन गरिएको छ।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]