खेलकुद

सन्दीपले लिए दोस्रो विकेट, क्यानडाको तेस्रो विकेट पतन
SHARES

फागुन २, २०७४

    काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडाविरुद्ध खेलिरहेको नेपाललाई युवा बलर सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका छन्। 

    सन्दीपले धनुका पाथिरानालाई २ रनमा आउट गरेका छन्। पाथिरानालाई १७ औं ओभरको अन्तिम बलमा आउट गरेका हुन्।

    यसअघि उनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा विकेट लिएका थिए। 

    सन्दीपले आफूले बलिङ गरेको दोस्रो ओभरको पहिलो बलमा नै क्यानडाका एनआर कुमारलाई ५ रनमा आउट गरेका हुन्। सन्दीपले १३औं ओभरको पहिलो बलमा उक्त विकेट लिएका हुन्।

    टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो सफलता वसन्त रेग्मीले दिलाएका थिए। उनले क्यानडाका गुनकेसेरालाई ९ रनमा आउट गरे।

    खेल नामिबियामा भइरहेको छ।

    विश्वकप २०१८ को छनोट खेल्नका लागि नेपालले आजको खेल जित्नैपर्ने बाध्यता छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]