|

काठमाडौं : नेकपा एमालेले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएको छ। बैठक बुधबार साढे २ बजेका लागि बोलाइएको छ।

पार्टी एकता र वर्तमान राजनीतिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

उक्त बैठक ललितपुरको मानभवनस्थित एक व्यापारीको घरमा बोलाइएको हो।

उक्त घरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोप्य छलफल गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.