|

काठमाडौं : स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरूमा फार्मेसी संचालनका लागि यस वर्ष साढे ४ करोड रुपैयाँ विनियोजन गरेको छ।

सरकारी अस्पतालहरूमा आफ्नै फार्मेसी चलाउने सरकारको निर्णयअनुसार यस वर्ष प्रतिष्ठान, केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, अञ्चल अस्पतालहरूमा विनियोजित रकममध्ये फार्मेसी संचालन गर्न अनुदान स्वरूप ४ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको स्वास्थ्य मन्त्रालय चिकित्सा माहाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए।

बिरामीहरूले निजी फार्मेसीहरूमा महँगोमा औषधि किन्नु नपरोस् भनेर सरकारी अस्पतालले आफ्नै फार्मेसी संचालन गर्नुपर्ने निर्णय सरकारले गरेको थियो।

उपसचिव लामिछानेका अनुसार अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ अनुसार नै सबै सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरूले आफ्नै फार्मेसी सेवा संचालन गर्नुपर्ने भएकाले अनुदान रकम दिन लागिएको हो।

मन्त्रालयले गत वर्ष फार्मेसी संचालनका लागि अनुदान पाएका अस्पतालहरूलाई यस वर्ष पनि अनुदान दिने निर्णय गरेको छ। सरकाले गत वर्ष २३ वटा स्वास्थ्य फार्मेसी संचालनका लागि अनुदान स्वरूप ३ करोड रुपैयाँ दिएको थियो। मन्त्रालयले यस आर्थिक वर्षमा २८ वटालाई अनुदान दिने निर्णय गरेको हो।

यी अस्पतालले पाउँदै छन् फार्मेसी सञ्चालन गर्न अनुदान रकम

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल- ४० लाख रुपैयाँ

कान्ति बाल अस्पताल- १५ लाख रुपैयाँ  

परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल- १५ लाख रुपैयाँ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल- १५ लाख रुपैयाँ

मानसिक अस्पताल- १५ लाख रुपैयाँ

मानव अंग प्रत्यारोपण केन्द्र- १५ लाख रुपैयाँ

राष्ट्रिय ट्रमा सेन्टर- १५ लाख रुपैयाँ 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान- ४० लाख रुपैयाँ 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान- ३० लाख रुपैयाँ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान- १५ लाख रुपैयाँ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान- १५ लाख रुपैयाँ

जीपी कोइराला स्वासप्रश्वास केन्द्र- २० लाख रुपैयाँ 

सुशील कोइराला क्यान्सर अस्पताल- २० लाख रुपैयाँ

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल- १५ लाख रुपैयाँ

नारायणी उपक्षेत्रीय अस्पताल- १५ लाख रुपैयाँ  

डडेल्धुरा उपक्षेत्रीय अस्पताल- १५ लाख रुपैयाँ

भरतपुर अस्पताल- १० लाख रुपैयाँ

भक्तपुर अस्पताल- १० लाख रुपैयाँ  

मेची अञ्चल अस्पताल- १० लाख रुपैयाँ  

कोशी अञ्चल अस्पताल- १० लाख रुपैयाँ

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल- १० लाख रुपैयाँ    

जनकपुर अञ्चल अस्पताल- १० लाख रुपैयाँ

लुम्बिनी अञ्चल अस्पताल- १० लाख रुपैयाँ

राप्ती अञ्चल अस्पताल- १० लाख रुपैयाँ

धौलागिरी अञ्चल अस्पताल- १० लाख रुपैयाँ

भेरी अञ्चल अस्पताल- १० लाख रुपैयाँ

सेती अञ्चल अस्पताल- १० लाख रुपैयाँ  

महाकाली अञ्चल अस्पताल- १० लाख रुपैयाँ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.