राजनीति

नगरपालिकाको केन्द्र सार्ने विवादमा रौतहटमा गोली चल्यो
SHARES

२१ राउण्ड अश्रुग्यास प्रहार

फागुन २, २०७४

    रौतहट : रौतहटको बृन्द्धावन नगरपालिकाको केन्द्र सार्ने बिषयमा विवाद हुँदा गोली चलेको छ। बिश्रामपुरमा रहेको नगरपालिकाको कार्यालयको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै वाम गठबन्धन पक्षले बिरोध गरेपछि बिश्रामपुरमा गोली चलेको थियो। स्थानीयले कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

    सशस्त्र प्रहरीले १७ र नेपाल प्रहरीले ४ राउण्ड गरी २१ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो। तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिएका छन्। अहिले बिश्रामपुर क्षेत्र तनाव ग्रस्त रहेको छ।

    नगरपालिकाको कार्यालय विश्रामपुरबाट साबिक सबै गाबिसको केन्द्रबिन्दु चमनपुरमा सार्न कार्यपालिको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीयले बैठक अवरोध पार्न खोजेपछि झडप सुरु भएकोे स्थानीय प्रमोद यादवले बताए। 

    तनावग्रस्तको बाबजुद पनि बिश्रामपुरको अस्पतालको हलमा कार्यपालिकाको बैठक बसिरहेको छ। यस अघि नगरपालिकाको केन्द्र सार्ने विरोधमा नगरपालिकाको कार्यालयमा ताला लगाइएको थियो।

    नगरपालिकाको बहुमत कार्यपालिका सदस्यहरूले उपयुक्त स्थानमा नगरपालिकाको भवन निर्माण गर्नको लागी जग्गा खरिद गर्न गरेको बहुमत सदस्यबाट पारित भएको नगर प्रमुख रामस्नेही यादवले जानकारी दिएका छन्। अहिलेको स्थान सानो भएको कारण नगरपालिकाको केन्द्र सार्न प्रस्ताव गरेको नगर प्रमुखले बताए। स्थिति नियन्त्रणमा लिन १६० भन्दा बढी  नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ छन्।

रमेश तिमल्सिना

पत्रकार तिमल्सिना थाहाखबरको रौतहट जिल्ला संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]