|

दमक(झापा) : भ्यालेन्टाइन डेको अवसर पारेर दमक नगरपालिकाले रोज गार्डेन निर्माण प्रारम्भ गरेको छ। माया गर्ने सबैलाई यस वर्षको भ्यालेन्टाइन डेको उपहारको रूपमा गार्डेन निर्माणको योजना सुरु गरिएको नगरपालिकाले जनाएको छ।

‘माया प्रेम गर्ने श्रीमान–श्रीमती वा मायालु जोडीका लागि मात्र नभई नगरको एउटा मनोरम स्थानको रूपमा यसलाई विकास गरिने छ’, शिलान्यास कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीले भने। 

गमलामा प्रेमको प्रतिक गुलाफ रोपेर नगर प्रमुख ओली तथा उपप्रमुख गीता अधिकारीले गार्डेनको शिलान्यास गरेका हुन्।  गार्डेनमा विभिन्न प्रकारका गुलाफका फूलहरू हुर्काइने र मनोरञ्जन तथा भेटघाटको आकर्षक थलोका रूपमा विकास गरिने उपप्रमुख अधिकारीले बताएकी छन्। दमक–७ मा पञ्चायत रजत स्मारक रहेको करिब ८ कठ्ठा जमिनको संरक्षण गर्दै गार्डेन निर्माणको सुरुवात गरिएको वडाध्यक्ष भीम पौडेलले बताए। ४० लाख रुपैयाँको लागतमा यसको निर्माण पूरा हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले जानकारी दिए।

‘यसको निर्माणले अब तुरुन्तै तिव्रता पाउने छ’,उनले भने,‘अर्को सालको भ्यालेन्टाइन डे नगरबासीहरूले यही गार्डेनमा मनाउन पाउने गरी काम अघि बढ्छ।’ पार्कको आर्किटेक्ट गरेका पारस खड्काले पञ्चायत स्मारको पनि संरक्षण गर्दै त्यसको वरिपरि पोखरीको डिजाईन गरिएको जानकारी दिए। सुरुवाती क्रममा गार्डेनमा १६ प्रकारका गुलाफको बगैँचा रहने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.