|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाललाई वसन्त रेग्मीले चौथो सफलता दिलाएका छन्। क्यानडाविरुद्ध नामिबियामा भइरहेको खेलमा वसन्तले धालिवाललाई ४ रनमा आउट गरेका छन्।

वसन्तको यो व्यक्तिगत दोस्रो विकेट हो।

 क्यानडाविरुद्ध खेलिरहेको नेपाललाई युवा बलर सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका थिए। 

सन्दीपले धनुका पाथिरानालाई २ रनमा आउट गरेका छन्। पाथिरानालाई १७ औं ओभरको अन्तिम बलमा आउट गरेका हुन्।

यसअघि उनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा विकेट लिएका थिए। 

सन्दीपले आफूले बलिङ गरेको दोस्रो ओभरको पहिलो बलमा नै क्यानडाका एनआर कुमारलाई ५ रनमा आउट गरेका हुन्। सन्दीपले १३औं ओभरको पहिलो बलमा उक्त विकेट लिएका हुन्।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो सफलता वसन्त रेग्मीले दिलाएका थिए। उनले क्यानडाका गुनकेसेरालाई ९ रनमा आउट गरे।

खेल नामिबियामा भइरहेको छ।

विश्वकप २०१८ को छनोट खेल्नका लागि नेपालले आजको खेल जित्नैपर्ने बाध्यता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.