|

मुम्बई : सलमान खानले आफ्नै कम्पनी ‘खान फिल्मस्’ को व्यानरमा  निर्माण गर्न लागेको फिल्म ‘लवरात्री’को पोस्टर सार्वजनिक भएको छ। यस फिल्ममा सलमान आफैंले भने अभिनय गरेका छैनन्। 

यस फिल्ममा आयुष शर्मा र वरिना हुसैन मुख्य भूमिकामा छन्। फिल्म अहिले निर्माणाधीन अवस्थामा छ। यस फिल्मको प्रदर्शन २१ सेप्टेम्बरमा हुने तय छ। प्रेमकथामा आधारित फिल्मको पोस्टर भ्यालेन्टाइन डेका अवसर पारेर सलमानले सार्वजनिक गरेका हुन्।

पोस्टरमा हिरो–हिरोइन देखिएका छन्। फिल्मको निर्देशन अभिराज मिनावालाले गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.