|

मुम्बई : बलिउड नायक सञ्जय दत्तको अभिनय रहेको फिल्म ‘साहेब बीबी और गेस्टर ३’ को रिलिज डेट तय भएको छ। तिग्मांश धुलियाले निर्देशन गरेको यो फिल्म २७ जुलाईबाट प्रदर्शनमा आउनेछ। फिल्म रिलिजको २ दिनपछि २९ जुलाईमा सञ्जय दत्तको जन्मदिन परेको छ। त्यसैले सञ्जय यस फिल्मलाई लिएर निकै उत्साहित छन्। 

यस फिल्ममा लामो समयपछि सञ्जय डि रोलमा देखिनेछन्। उनको लुक्स पनि सार्वजनिक गरिएको छ। सञ्जय यसमा गैंगस्टारको भूमिका छन् । यस फिल्ममा माही गिल, चित्रांगदा सिंह र जिमी शेरगिल पनि मुख्य भूमिका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.