|

महेश भट्टले सन् १९९१ म सञ्जय दत्त र पूजा भट्टलाई लिएर फिल्म ‘सडक’ बनाएका थिए। फिल्म प्रदर्शनमा आएको वर्षौपछि उनले फिल्मको सिक्वेल बनाउने घोषणा गरे। 

त्यसका लागि आफ्नै छोरी आलिया भट्ट र सिद्धार्थ मल्होत्रालाई लिड रोलमा लिने उनको योजना थियो। उनीहरु दुबै प्रेममा थिए। तर, आलिया र सिद्धार्थको ब्रेकअप भयो। उनीहरुले एकसाथ फिल्ममा काम नगर्ने भए। फिल्म निर्माणको कुरा सेलायो। 

मोहित सुरीको फिल्म ‘आशिकी’ पनि यी कलाकारको ब्रेकअपका कारण समस्यामा परेको छ। ब्रेकअपकै कारण उनीहरुले यस फिल्ममा एकसाथ अभिनय नगर्ने भएका हुन्। यसअघि, दुबैले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई अलग–अलग राख्न चाहेको दाबी गरेका थिए। त्यसको अर्थ ब्रेकअप भएपछि उनीहरु एकसाथ काम गर्न तयार छन् भन्ने थियो। तर यो भनाइ मात्रै सावित भयो। 

केही समयअघि मात्रै महेश भट्टलाई सञ्चारकर्मीहरुले तपाईं सडकको सिक्वेल बनाउनुहुन्छ कि हुन्न भनेर प्रश्न राखेका थिए। जवाफ दिने क्रममा अक्मक्किदैंँ महेशले भनेका थिए,‘बनाउने हो। तर..।’ त्यसपछि उनी चुप भए। 

आलिया र सिद्धार्थको ब्रेकअपपछि उनीहरुलाई स्क्रिनमा एकसाथ हेर्ने फ्यानहरुको इच्छा तत्कालका लागि पूरा हुने देखिदैंन। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.