|
सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै राई।

विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता शेरधन राई नियुक्त भएका छन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा १ प्रावधानअनुरुप राईलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त गरिएको पत्र प्रदेश प्रमुख डा.गोविन्दबहादुर तुम्बाहाङले राईलाई हस्तारण गरेका थिए। पत्र हस्तान्तरण गर्दै प्रदेश प्रमुख तुम्बाहाङले राईलाई सफलताको शुभकामना दिए। मुख्यमन्त्रीको शपथग्रहण भने बिहीबार दिउँसो ३ बजे स्थानीय वीरेन्द्र सभागृहको हलमा तोकिएको छ।

मुख्यमन्त्रीको नियुक्त गरिएको पत्र बुझेपछि राईले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिए। सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘सानोमा तीन वा ठूलोमा पाँच जनाको मन्त्रिमण्डल विस्तार हुनेछ।’ बिहीबार विस्तार हुने मन्त्रिपरिषदमा माओवादीबाट समेत मन्त्रीहरु समावेश हुने उनले बताए।

‘वामगठबन्धनबीच एउटा उच्चस्तरको समझदारी कायम भएको छ,’ उनले भने, ‘त्यसमा रहेर हामी मन्त्रीमण्ड विस्तार गर्नेछौं।’ उनले सरकार बनेपछि आफ्नो प्राथामिकता तोकेर गर्ने काम चाँडै सार्वजानिक गर्ने बताए।

संयुक्त गठबन्धनले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गर्दै प्रदेश प्रमुखलाई पत्र दिएको थियो। ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनको दुईतिहाइ मत रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.