खेलकुद

नेपाललाई छैटौँ सफलता दिलाए शरद भेषवाकरले
SHARES

फागुन २, २०७४

    काठमाडौं : नेपालका लागि शरद भेषवाकरले छैटौँ विकेट लिएका छन्। शरदले क्यानडाका साद विनलाई १० रनमा आउट गरे। उनले ४१ ओभरको पहिलो बलमा एलबीडब्ल्यू आउट गरेका हुन्।

    विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाललाई पाँचौँ विकेट करन केसीले दिलाएका थिए। क्यानडाका हम्जा तारिकलाई केसीले २४ रनमा आउट गरेका छन्। 

    केसीले हम्लालाई आरिफ शेखबाट क्याच आउट गराए। 

    नेपालका लागि वसन्त रेग्मीले चौथो सफलता दिलाएका छन्। क्यानडाविरुद्ध नामिबियामा भइरहेको खेलमा वसन्तले धालिवाललाई ४ रनमा आउट गरेका छन्।

    वसन्तको यो व्यक्तिगत दोस्रो विकेट हो।

     क्यानडाविरुद्ध खेलिरहेको नेपाललाई युवा बलर सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका थिए। 

    सन्दीपले धनुका पाथिरानालाई २ रनमा आउट गरेका छन्। पाथिरानालाई १७ औं ओभरको अन्तिम बलमा आउट गरेका हुन्।

    यसअघि उनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा विकेट लिएका थिए। 

    सन्दीपले आफूले बलिङ गरेको दोस्रो ओभरको पहिलो बलमा नै क्यानडाका एनआर कुमारलाई ५ रनमा आउट गरेका हुन्। सन्दीपले १३औं ओभरको पहिलो बलमा उक्त विकेट लिएका हुन्।

    टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो सफलता वसन्त रेग्मीले दिलाएका थिए। उनले क्यानडाका गुनकेसेरालाई ९ रनमा आउट गरे।

    खेल नामिबियामा भइरहेको छ।

    विश्वकप २०१८ को छनोट खेल्नका लागि नेपालले आजको खेल जित्नैपर्ने बाध्यता छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]