|

कपिलवस्तु : अवैध रूपमा नेपाल भित्र्याइएका करिब ५ लाख रुपैयाँ बराबरका अवैध ब्रोइलर कुखुराका चल्ला कपिलवस्तु प्रहरीले बरामद गरेको छ।

जिल्लाको कृष्णनगर नगरपालिकास्थित कुकुरभुकुवा र लक्ष्मीनगरबाट उक्त परिमाणको चल्ला बरामद गरिएको हो। 

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुवास गैरेको नेतृत्वमा गएको टोलीले अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका ८ हजार ९१० वटा कुखुराका चल्ला बरामद गरेको हो। 

सुराकीको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार राती लक्ष्मीनगरबाट ४ हजार ५१० र बुधबार बिहान कुकुरभुकुवाबाट ४ हजार ४०० चल्ला बरामद गरेको थियो।
भारतमा बर्डफ्लुको जोखिम बढी भएकाले सस्तो दरमा पंक्षीजन्य पदार्थको ओसारपसार नेपाल बढी हुने गरेको प्रहरीको भनाइ छ।

बरामद चल्ला बजार मूल्यअनुसार ४ लाख ९० हजार ५० बढी रुपैयाँको रहेको प्रहरी निरीक्षक गैरेले बताए। 

बरामद गरिएका अवैध चल्ला पशु क्वारेन्टाइन प्रतिनिधि, पत्रकारलगायतको रोहवरमा कृष्णनगर नगरपालिका– ५ सुरई नदीमा नष्ट गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.