खेलकुद

नेपाल विरुद्ध क्यानडाका श्रीमान्थाले लगाए शतक
SHARES

फागुन २, २०७४

    काठमाडौं : नेपालविरुद्ध क्यानडाका श्रीमान्था विजेरत्नेले शतक प्रहार गरेका छन्। उनले १५० बल खेलेर १०१ रन बनाएका छन्। शतक रन हान्ने क्रममा श्रीमान्थालाे सोमपाल कामीको बलमा चौका प्रहार गरेका थिए।

    नेपालका लागि वसन्त रेग्मीले आठौँ विकेट लिएका छन्। उनले क्यानडाका डी हेलिगेरलाई शून्य रनमा पवेलियन फर्काएका छन्। 

    यसअघि उनले एन दत्तलाई पनि शून्य रनमा आउट गरे। ४२ ओभरको दोस्रो बलमा क्यानडाका दत्त आउट भएका हुन्। रेग्मीको यो तेस्रो विकेट हो।

    नेपालका लागि शरद भेषवाकरले छैटौँ विकेट लिएका छन्। शरदले क्यानडाका साद विनलाई १० रनमा आउट गरे। उनले ४१ ओभरको पहिलो बलमा एलबीडब्ल्यू आउट गरेका हुन्।

    विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाललाई पाँचौँ विकेट करन केसीले दिलाएका थिए। क्यानडाका हम्जा तारिकलाई केसीले २४ रनमा आउट गरेका छन्। 

    केसीले हम्लालाई आरिफ शेखबाट क्याच आउट गराए। 

    नेपालका लागि वसन्त रेग्मीले चौथो सफलता दिलाएका छन्। क्यानडाविरुद्ध नामिबियामा भइरहेको खेलमा वसन्तले धालिवाललाई ४ रनमा आउट गरेका छन्।

    वसन्तको यो व्यक्तिगत दोस्रो विकेट हो।

     क्यानडाविरुद्ध खेलिरहेको नेपाललाई युवा बलर सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका थिए। 

    सन्दीपले धनुका पाथिरानालाई २ रनमा आउट गरेका छन्। पाथिरानालाई १७ औं ओभरको अन्तिम बलमा आउट गरेका हुन्।

    यसअघि उनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा विकेट लिएका थिए। 

    सन्दीपले आफूले बलिङ गरेको दोस्रो ओभरको पहिलो बलमा नै क्यानडाका एनआर कुमारलाई ५ रनमा आउट गरेका हुन्। सन्दीपले १३औं ओभरको पहिलो बलमा उक्त विकेट लिएका हुन्।

    टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो सफलता वसन्त रेग्मीले दिलाएका थिए। उनले क्यानडाका गुनकेसेरालाई ९ रनमा आउट गरे।

    विश्वकप २०१८ को छनोट खेल्नका लागि नेपालले आजको खेल जित्नैपर्ने बाध्यता छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]